सार्वजनिक बस सेवा सुरु हिमाली जिल्ला मनाङमा नियमित रुपमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि हिजोबाट सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गर्नुभयो । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षौँपछि मनाङमा बस सेवा सञ्चालन भएको जानकारी दिनुभयो । सार्वजनिक बस सञ्चालनमा आएसँगै मनाङवासीलाई सहज भएको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयको सहजताका लागि गाउँपालिकाले नै बस सञ्चालनमा ल्याउने बताउनुभयो ।
हिमाली जिल्ला मनाङमा सार्वजनिक बस सेवा सुरु
हिमाली जिल्ला मनाङमा सार्वजनिक बस सेवा सुरु
२०८२ बैशाख ८, सोमबार १३:२६ बजे

प्रतिक्रिया