+
Search

ताजा अपडेट +

पपुलर +

कालीकोटको पलातामा ट्क्याटर दुर्घटना, ४ को मृत्यु

कालीकोटको पलातामा ट्क्याटर दुर्घटना, ४ को मृत्यु

4KNationalDaily
२०८२ बैशाख ८, सोमबार १३:२४ बजे

कालीकोटको पलातामा ट्क्याटर दुर्घटना, ४ को मृत्यु कालीकोटको पलाँता गाउँपालिका–२ लार्फमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ । पलाँता–९ थिर्पुबाट खिनको छलाहा जाँदै गरेको ट्याक्टर राडुनेटा लार्फ भन्ने ठाउँमा गएराति साढे ११ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी टेक बहादुर रावतले बताउनुभयो । दुर्घटनामा पलाँता–५ निवासी अम्मा शाही, वडा नम्बर–४ का सदु बुढा, रवीन्द्र विक र मुगुको खत्याड गाउँपालिका–५ घर भएका चालक चन्द्र प्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । राति नै कहरदेव अस्थायी प्रहरी पोष्टबाट वरिष्ठ हवलदार गगन रावतको नेतृत्वमा टोली घटनास्थल गएको डीएसपी रावतले जानकारी दिनुभयो । पाल्पामा जिप दुर्घटना, एकको मृत्यु, पाँच घाइते पाल्पाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ् बेलडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । तानसेनबाट खानीछाप जाँदै गरेको जिप दुर्घटना हुँदा कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको तानसेनस्थित अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily