संवैधानिक पदाधिकारी नियुक्तीमा सुनुवाई हुँदै संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्ति गरिएको विषयमा परेको रिटमा सर्वोच्च अदालतमा आज पनि सुनवाई हुँदैछ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले सुरु गरेको सुनुवाई रिटलाई अन्तिम टुंगो नलागेसम्म जारी रहने भएको हो । अध्यादेशका आधारमा भएका नियुक्तिविरुद्ध परेका १५ रिटलाई एकसाथ राखेर सर्वोच्चले गत माघ ३० मा सुरुवाई सुरु गरेको थियो । गत फागुन २९, चैत ६ र यहि बैशाख ३ मा गरिएको सुनुवाईमा निवेदकका पक्षबाट अधिवक्ताले बहस गरेका थिए । हिजोदेखि सुरु सुनुवाईमा महान्यायाधिवक्ता रमेश बडालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को अध्यक्षका रुपमा गरेका निर्णय के कारण ठिक थियो भन्ने पक्षमा तर्क गर्नुभएको थियो । संवैधानिक नियुक्तिको प्रतिरक्षा गर्न महान्याधिवक्तको कार्यालयबाट बडालसहित ९ जनाको टोली खटिएको छ । ओलीको अध्यक्षतामा संवैधानिक परिषद्ले २०७७ मंसिर ३० गते १३ संवैधानिक निकायका ३२ पदका लागि सिफारिस गरेको थियो ।
संवैधानिक पदाधिकारी नियुक्तीमा सुनुवाई हुँदै
संवैधानिक पदाधिकारी नियुक्तीमा सुनुवाई हुँदै
२०८२ बैशाख ८, सोमबार १३:१८ बजे

प्रतिक्रिया