+
Search

ताजा अपडेट +

पपुलर +

समितिको बैठकमा उपसमितिको प्रतिवेदनमा छलफल हुँदै

समितिको बैठकमा उपसमितिको प्रतिवेदनमा छलफल हुँदै

4KNationalDaily
२०८२ बैशाख ८, सोमबार १३:१६ बजे

समितिको बैठकमा उपसमितिको प्रतिवेदनमा छलफल हुँदै प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संसदीय उपसमितिले तयार पारेको निजामती विधेयकका प्रावधानमाथि आज पनि छलफल हुँदैछ । सिंहदरबारमा बिहान ११ बजे बोलाइएको बैठकमा उपसमितिले तयार परेको प्रतिवेदनमा देखिएको विवादित विषयमा छलफल हुने समिति सभापति रामहरी खतिवडाले जानकारी दिनुभयो । काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुको नेतृत्वमा गठित उपसमितिले नैतिक पतन देखिने कसुरमा दोषी ठहर हुने पूर्वकर्मचारीलाई पेन्सन कायम रहने गरि प्रतिवेदन तयार पारेको थियो । अवकाश प्राप्त निजामति कर्मचारी वा तिनका नजिकका हकदार भ्रष्टाचारसहित नैतिक पतनको कसुरमा दोषी ठहर भएपनि राज्यकोषबाट सुविधा लिन सक्ने गरि बनाइएको उपसमितिको प्रतिवेदन समिती पुगेको छ । उपसमितिले तयार पारेको प्रतिवेदनबारे सञ्चार माध्यममा सार्वजनिक भएपछि सभापति खतिवडासहित सांसदबीच अनौपचारिक छलफल समेत भएको थियो । छलफलमा मूल विधेयकको मर्म अनुसार नै दोषी ठहर पूर्वकर्मचारीले पेन्सनसम्बन्धि सुविधा नपाउने विषय समेट्न सांसदहरुबीच सहमति भएको बताइएको छ । यस्तै दिउँसो पौने १ बजे बोलाइएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधयान समितिको बैठकमा विधायन ऐन, २०८१ कार्यान्वयनमा समितिको भूमिकासम्बन्धमा छलफल हुँदैछ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ मा दफावार छलफल हुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily