+
Search

ताजा अपडेट +

पपुलर +

पाथीभरातर्फ जाँदै गरेको जिपमा करेन्ट प्रवाह हुँदा चार जना यात्रुको मृत्यु

पाथीभरातर्फ जाँदै गरेको जिपमा करेन्ट प्रवाह हुँदा चार जना यात्रुको मृत्यु

4KNationalDaily
२०८२ बैशाख ८, सोमबार १३:१३ बजे

पाथीभरामा जिपमा करेन्ट लागेर दुर्घटना ताप्लेजुङको सदरमुकाम फुङलिङबाट पाथीभरातर्फ जाँदै गरेको जिपमा करेन्ट प्रवाह हुँदा चार जना यात्रुको मृत्यु भएको छ । एक जना गम्भीर घाइते छन् भने एक जनाको अवस्था सामान्य छ । सेवारो चोक भन्ने स्थानमा बिहान पौने ५ बजेतिर बिजुलीको पोलमा लत्रिएको तारबाट जिपमा करेन्ट प्रवाह हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा झापाको भद्रपुर नगरपालिका–१५ की ६९ वर्षीया सरिता पौडेल, ७० वर्षीय विनोद पौडेल, ललितपुर महानगरपालिका बस्ने १६ वर्षीया आध्या आचार्य र गाडी चालक फुङलिङ–१० का दुर्गा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनुभयो । मृतक किशोरीकी आमा सबिना पौडेल आचार्य र उनका ९ वर्षीय छोरा भाव्यन आचार्यको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको हाम्रा सहकर्मी आनन्द गौतमले जनाएका छन् । घटनाका प्रत्यक्षदर्शी चितवन भरतपुरका जनार्दन भण्डारीले गाडी जल्दै गरेकाले सबैलाई निकाल्न नसकेपनि एक जना महिलालाई भने उद्दार गर्न सफल भएको बताए । तीर्थालु बोकेर जीप पाथीभरातर्फ जाँदै थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily