बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार, भारतीय युवकसँग भएको थियो विवाद काठमाडौं । रुपन्देहीको बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । कम्मरमाथि गोली लागेकी क्षेत्रीको गम्भीर अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले बताउनुभयो । पाल्पाको रैनादेवि गाउँपालिका छहरा घर भई हाल बुटवल–११ बुद्ध नगर बस्ने विष्टमाथि गोली प्रहारको कारण नखुलेको डीएसपी कार्कीले बताउनुभयो । गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान नभएको तर, अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । क्षेत्रीको केही दिनअघि एक भारतीय युवकसँग विवाद भएको थियो । स्थानीयले सोही विवादका कारण गोली प्रहार भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार,
बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार,
२०८२ बैशाख ६, शनिबार १२:४३ बजे

प्रतिक्रिया