+
Search

ताजा अपडेट +

पपुलर +

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै

आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै

4KNationalDaily
२०८२ बैशाख ६, शनिबार १२:०८ बजे

भिटामिन ‘ए’

सरकारले आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदैंछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्ष उमेर भएकालाई भने जुकाको औषधि पनि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ । घर नजिकैको खोप केन्द्रमा आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । सरकारले यसका लागि ५२ हजार स्वास्थ्य स्वयमसेवक खटाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily