+
Search

ताजा अपडेट +

पपुलर +

वीरगन्जमा तनावग्रस्त, निषेधाज्ञा यथावत

वीरगन्जमा तनावग्रस्त, निषेधाज्ञा यथावत

4KNationalDaily
२०८२ बैशाख ३, बुधबार १०:१८ बजे

वीरगन्जमा तनावग्रस्त, निषेधाज्ञा यथावत

पर्सा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको उल्लंघन भएपछि वीरगञ्ज थप तनावग्रस्त बनेको छ । गत शनिबारको घटनामा पक्राउ परेकाको रिहाइ माग गर्दै युवाको समूहले हिजो साँझ जिल्ला प्रहरी कार्यालयमा धर्ना र प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको हो । यद्यपि, प्रशासनले भने पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर गण्डक चोक र दक्षिण शंकराचार्य गेट भित्रको क्षेत्रमा गत आइतबार मध्यरातबाट जारी गरेको निषेधाज्ञा यथावत नै राखेको छ । युवाको समूहले निषेधाज्ञा उल्लंघन गरी जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना र प्रर्दशन गरेपछि थप दुई जनालाई नियन्त्रणमा लिएर निषेधाज्ञालाई यथावत नै राखिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । सो घटनामा दुई जना सञ्चारकर्मी समेत घाईते भएका छन् । हनुमान जयन्तीको शोभायात्राको क्रममा वीरगञ्जको छपकैंया क्षेत्रमा झडप हुँदा सुरक्षाकर्मी, सर्वसाधारणसहित ४१ जना घाइते भएका थिए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा यसअघि नै ४ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । यसैबीच, पछिल्ला समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर गर्ने तथा सामाजिक सञ्जालमा समाजमा द्धेष एवं उत्तेजना सृजना हुने गरी भ्रामक सूचना सार्वजनिक भएकोप्रति ध्यानाकर्षण भएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily