+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षकआन्दोलन नरोकिने,अझ सशक्त पार्छौँ

शिक्षकआन्दोलन नरोकिने,अझ सशक्त पार्छौँ

4KNationalDaily
२०८२ बैशाख ३, बुधबार ०९:१७ बजे

काठमाडौं : शिक्षकहरुको आन्दोलन जारी सरकारले गरेका आग्रह अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । आन्दोलन स्थगित गरेर कार्य क्षेत्रमा फर्किन सरकारले गरेको आग्रह बेवास्ता गर्दै महासंघले आन्दोलन जारी राख्ने जनाएको हो । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले उधारो आश्वासनमा आन्दोलन नरोकिने बताउनु भयो । मन्त्रीपरिषद् बैठकले शिक्षकको माग सम्वोधनका लागि आगामी १२ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । सरकारले संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक सोही अधिवेशनबाट पारित गर्ने भन्दै आन्दोलनका कार्यक्रम रोकेर कार्य क्षेत्रमा फर्किन शिक्षकहरुलाई आग्रह गरेको हो । अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा लेख्दै भन्नु भएको छ, ’ सरकारको भनाई र गराई फरक रहेकाले अझै विश्वास गर्न सकिने अवस्था नभएकाले देशभरका शिक्षकलाई आन्दोलन सफल बनाउन काठमाडौं बोलाउनु भएको हो । सुवेदीले लेख्नु भएको छ – आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।’ नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले सरकारले जारी शिक्षक आन्दोलनलाई कमजोर बनाउन लागेको शंका व्यक्त गर्नु भएको छ । उहाँले पनि सामाजिक सञ्जालमा लेख्नु भएको छ –,‘आदरणीय शिक्षक कर्मचारी साथीहरू, झुट्टा हल्लाकोपछि नलागी आन्दोलनमा सहभागीता जनाउन सबैमा अनुरोध गर्दछु । देशभरका शिक्षक १५ दिनदेखि काठमाडौंको सडकमा निरन्तर आन्दोलनमा छन् । शैक्षिक हड्तालमा रहेका उनीहरुले एसईईको उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने घोषणा गरेका छन् । शिक्षक आन्दोलनका कारण हिजोदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily