काठमाडौं । पर्साको वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा जारी अघोषित लोडसेडिङ हटाउन वीरगञ्ज उद्योग वाणिज्य संघले सरकारसँग माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले गरिरहेको अघोषित लोडसेडिङ र बिना सूचना विद्युत् कटौतीप्रति संघले आपत्ति जनाएको हो । संघले लोडसेडिङको वैकल्पिक उपाय खोज्न पनि प्राधिकरणसँग माग गरेको छ । उद्योग प्रतिष्ठानको अक्सिजनका रुपमा रहेको विद्युत्को नियमित आपूर्ति हुन नसकेपछि करिडोरका उद्योग कम क्षमतामा सञ्चालन भइरहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘पर्सा–बारा औद्योगिक करिडोरका उद्योगले विभिन्न समस्या खेपिरहेकै बखत विद्युत् कटौतीको समस्या झेल्नुपर्दा उद्योगी मर्कामा परेका छन् ।’ विद्युत् कटौतीका बेला डीजी सेटबाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागत बढ्न गई प्रतिस्पर्धी क्षमता समेत खस्किएको उद्योगीहरुले बताएका छन् । साना उद्योगले विद्युत् कटौतीका बेला डीजी सञ्चालन गर्न नसक्ने भएकाले उद्योग बन्द राख्नुपर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरस्थित औद्योगिक फिडरमा २४ घण्टामा १४÷१५ पटकसम्म ट्रिपिङ भइरहेका कारण औद्योगिक उपकरण बिग्रिएको र कच्चा पदार्थ समेत नोक्सान भइरहेको विज्ञप्तिमा भनिएको छ । संघले उद्योगबाट खपत भएको विद्युत महसुलको रकम अनुसार गुणस्तरीय विद्युत आपूर्ति गर्नुपर्ने बताएका छन् ।
कुलमान हटेसँगै लोडसेडिङ बढ्न थाल्यो
कुलमान हटेसँगै लोडसेडिङ बढ्न थाल्यो
२०८२ बैशाख १, सोमबार ०९:५८ बजे

प्रतिक्रिया