दुर्घटना हुँदा दुई जनाको मृत्यु भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भोजपुर नगरपालिका–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । भोजपुर–५ बोखिमबाट गोबर मल लिएर जाँदै गरेको ट्रयाक्टर वडा नम्बर–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिनुभयो । ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर दुर्घटना
भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
२०८१ चैत्र ३१, आईतवार १०:४० बजे

प्रतिक्रिया