असिनाले बालीनाली र तरकारीमा क्षति वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा ठूलो क्षति पुगेको छ । हिजो अपराह्न परेको असिना पानीले भित्र्याउने तयारीमा रहेको गहुँ, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् । बैतडीको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पु¥याएको हो । प्रदेशका अन्य जिल्लामा पनि असिना पानीले अन्न र तरकारी बाली नष्ट गरेको छ । अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा व्यापक क्षति पु¥याएको स्थानीय किसानहरुले बताएका छन् । फलफूल, आलु, प्याज, लसुन तथा खुर्सानी र बन्दा, काउली, टमाटरका बेर्नामा क्षति पुगेको उनीहरुको भनाई छ । यकीन विवरण आउन नसकेपनि अन्नबाली र तरकारीमा ठूलो क्षति पुगेको सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएको छ
असिनाले बालीनाली
वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा ठूलो क्षति
२०८१ चैत्र ३१, आईतवार १०:३८ बजे

प्रतिक्रिया