+
Search

ताजा अपडेट +

पपुलर +

विद्युतीय बस

लुम्बिनीमा साढे चार वर्षदेखि थन्किएका विद्युतीय बस र भ्यान एक महिनाभित्र सञ्चालनका लागि उच्च अदालत

4KNationalDaily
२०८१ चैत्र ३१, आईतवार १०:३३ बजे

बस र भ्यान एक महिनाभित्र सञ्चालनका लागि लुम्बिनीमा साढे चार वर्षदेखि थन्किएका विद्युतीय बस र भ्यान एक महिनाभित्र सञ्चालनका लागि उच्च अदालत

तुलसीपुर–बुटवल इजलासले परमादेश जारी गरेको छ । कानूनी अप्ठ्यारो देखाउँदै लुम्बिनी विकास कोष र बुटवलस्थित यातायात व्यवस्था कार्यालयले विद्युतीय बस र भ्यान सञ्चालन गरेको छैन । दाताले २०७७ मंसिरमा निःशुल्क उपलब्ध गराएका झन्डै ८ करोड मूल्य बराबरका ५ वटा बस र १४ वटा भ्यान अलपत्र छन् । २०७७ मंसिर ९ मा एसियाली विकास बैंक एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट मार्फत तीन करोड रुपैयाँभन्दा बढी लागतमा लुम्बिनी विकास कोषलाई १९ वटा विद्युतीय सवारी उपलब्ध गराएको थियो । प्रोजेक्टले संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत कोषलाई उपलब्ध गराएका बस–भ्यान सरकारी नम्बर प्लेटमा आएका थिए । सेतो नम्बर प्लेटमा दर्ता भएर आएपछि लुम्बिनी विकास कोषलाई निःशुल्क सञ्चालन गर्नुपर्ने बाध्यता थियो । तर, सञ्चालन लागत धेरै हुने र त्यसको व्यवस्थापन कोषले गर्न नसक्ने भएपछि बस र भ्यान दुवैको नम्बर प्लेट परिवर्तन गरेर हरियो बनाउने प्रयास सुरु गरिएको थियो । लामो प्रयासपछि नम्बर प्लेट हरियो बनाएर पर्यटक बसका रुपमा सञ्चालन गर्नेगरी गत जेठ ६ मा प्रदेशको मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था विभाग लुम्बिनी प्रदेशलाई निर्देशन दिएको थियो । तर, संघीय कानूनमा सेतो नम्बर प्लेटलाई हरियो बनाउने प्रावधान नरहेको भन्दै विभागले नम्बर प्लेट हरियो बनाउन अस्वीकार गरेपछि ती बस अलपत्र अवस्थामा थिए । उच्च अदालतका न्यायाधीशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको चैत ११ को संयुक्त इजलासले वर्षौंदेखि अलपत्र ती सवारीलाई एक महिनाको समय तोकेर हरियो नम्बर प्लेटमा रुपान्तरण गरी पर्यटन प्रयोजनका लागि सञ्चालन गर्न परमादेश जारी गरेको हो । नारायणगढ–बुटवल सडकखण्ड खुल्यो बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको नारायणगढ–बुटवल सडकखण्डमा गएरातिदेखि यातायात सञ्चालनमा आएको छ । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासस्थित विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो बिहानदेखि अवरुद्ध भएको सडक राति ९ बजेबाट सञ्चालनमा आएको हो । विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक बन्जराले बताउनुभयो । गत पुस २६ गते भारतीय नम्बरको ट्रकको ठक्करबाट पुल भाँचिएपछि डाइभर्सन बनाइएको थियो । सो डाइभर्सन पनि बाढीले बगाएपछि दिनभर सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधनबीच बाटोमै रोकिएका थिए । दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार भइरहेको अवस्थामा बिहीबार बिहान परेको वर्षाले सडक हिलाम्य भएपछि सो क्षेत्रको आवागमन पनि अस्तव्यस्त बनेको छ । सो क्षेत्रमा गत बुधबारबाट दैनिक बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरेर मर्मतको काम थालिएको थियो । त्यसैगरी आगामी बैशाख १ देखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तारको तयारी गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily