+
Search

ताजा अपडेट +

पपुलर +

चितुवाको आक्रमण

बन्दीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया बालिकको मृत्यु

4KNationalDaily
२०८१ चैत्र ३०, शनिबार १०:१९ बजे

बन्दीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया बालिकको मृत्यु
काठमाडौं । तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा हिजो साँझ चितुवाको आक्रमणबाट १० वर्षीया अनुजा विकको मृत्युु भएको हो । फुपु दिदीको घर जाँदै गरेको अवस्थामा चितुवाले बालिकामाथि आक्रमण गरेको जिल्ला प्रहरी निरीक्षक राजु अधिकारीले बताउनुभयो । बालिका निक्कै बेरसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गर्दा घरबाट करीब ८ सय मिटर टाढा जंगलमा शव भेटिएको थियो । २०७४ फागुनमा भानु नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ बाट सुरु भएको चितुवा आतंक पछिल्लो समय बन्दीपुर, आँबुखैरेनी, व्यास र शुक्लागण्डकीमा पनि देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily