पोखरामा फेवा महोत्सव सञ्चालनमा, बैशाख १ गतेसम्म चल्ने
काठमाडौं । पर्यटकीय शहर पोखरामा २० औँ फेवा नव वर्ष महोत्सव–२०८२ आयोजना गरिएको छ । होटल संघ पोखराले आयोजना गरेको फेवा महोत्सव आगामी बैशाख १ गतेसम्म चल्नेछ । फेवा महोत्सव अवधिभर पोखरामा आउने पर्यटकका लागि लक्षित गरी होटलले २० प्रतिशत छुट गर्ने भएका छन् । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने आयोजकले जनाएको छ । होटल संघ पोखराका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिनुभयो । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने संघले जनाएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् ।
अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् ।
प्रधानमन्त्री ओली पार्टीका भाषणमा व्यस्त, आज झापा जाँदै
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टीको आमसभालाई सम्वोधन गर्न गृह जिल्ला झापा जादै हुनुहुन्छ । उहाँ केन्द्रीय नेतासहितको टोली लिएर दमक जान लाग्नु भएको हो । राजावादीलाई खबरदारी गर्न सत्तारुढ एमालेले आज दमकमा शक्ति प्रदर्शनसहितको सभा गर्न लागेको हो । सभामा अध्यक्ष ओलीले देशको वर्तमान अवस्था र सरकारले गरिरहेका कामका बारेमा जानकारी गराउने बताइएको छ । पार्टीविरुद्ध नियोजित हमला हुन थालेको बताउदै आएका एमाले नेताहरुले आमसभा मार्फत आफ्नो धारणा कार्यकर्तालाई जानकारी गराउने बताएका छन् । जागरण सभा अन्तर्गत कोशी प्रदेशस्तरीय सभा दमकमा गर्न लागिएको एमालेले जनाएको छ । एमालेले गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमा सभा गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रम अनुसार एमालेले हिजो बुटवलमा सभा गरेको थियो ।
पोखरामा फेवा महोत्सव
पोखरामा फेवा महोत्सव सञ्चालनमा, बैशाख १ गतेसम्म चल्ने
२०८१ चैत्र ३०, शनिबार १०:१५ बजे

प्रतिक्रिया