पहिरोले पाल्पामा कार पुरियो, सिद्धार्थ राजमार्ग अवरुद्ध
काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउपालिका–३, दोभान सिद्धबाबा क्ष्ँेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । बिहान ४ बजेतिर खसेर पहिरोले एउटा कार समेत पुरिएको प्रहरीले जनाएको छ । बुटवलबाट पाल्पा भैरवस्थान जाँदै गरेको कारका चालक र यात्रु भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ । तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्टमा भासिएर एक टिपर पनि फसेको छ । दोभान प्रहरी चौकीका अनुसार कल्भर्टमा फसेको टिपर हटाउने र सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहेको छ । सो क्षेत्रमा वर्षाले बिहान ४ बजेतिरबाटै सडक अवरुद्ध भएको थियो । सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणका साथै अहिलेको राजमार्गमा समेत कल्भर्ट, नाली लगायत रक नेटको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।
प्रतिक्रिया