+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता

4KNationalDaily
२०८१ चैत्र २७, बुधबार २१:३६ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् ।

बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का कृषिमन्त्रीहरुको बैठकका लागि नेपाल आएका मन्त्री चौहानले प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परादेखिको सम्बन्धका आयामबारे चर्चा गर्दै दुवै मुलुक मिलेर कृषिको आधुनिकता, खाद्यसुरक्षा र आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले मानवीय जीवन बचाउन र उद्यमशीलताको विकास गर्न सबैभन्दा महत्त्वपूर्ण क्षेत्र कृषि भएकाले यसको आधुनिकीकरणसहित आर्थिक विकासका लागि दुई छिमेकी मिलेर अघि बढ्नुपर्नेमा समान धारणा व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily