+
Search

ताजा अपडेट +

पपुलर +

प्रदर्शन गर्दै राप्रपा

आज काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा, सुरक्षाका लागि हजारौमा प्रहरी परिचालन – नेपाल सरकार

4KNationalDaily
२०८१ चैत्र २६, मंगलवार ०९:३४ बजे

काठमाडौं । राप्रपाले आज बल्खुमा प्रदर्शन र आमसभा गर्दैछ । आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने गरी राप्रपाले तयारी थालेको हो ।

चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुने छ । प्रशासन सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गरिएको थियो ।

दुर्गा प्रसाईं नेतृत्वमा गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राजेन्द्र लिङ्‌देन नेतृत्वको राप्रपाले आजको प्रदर्शन अनुशाषित बनाउन विशेष जोड दिइने बताइएको छ।

यस्तै सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने भएका छन्। सभास्थल वरपर दुई हजार संख्यामा प्रहरी खटाइने छ भने सीसीटीभी र ड्रोनबाट समेत निगरानी गर्ने तयारी छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily