पछिल्लो समय राजावादीहरु सल्बलाएका छन् । यही चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको आडमा राजसंस्था पक्षधरले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा ठूलो धनजनको क्षति भयो । दुईजनाको ज्यानै गयो भने निजी तथा सरकारी सम्पत्तिको नास भयो ।
राजतन्त्र पक्षधरले गणतन्त्रवादी दलहरुको कमी-कमजोरीमा टेकेर ‘राजा फर्काउने’ आन्दोलन चलाइरहेका छन् । गणतन्त्रले बेथिति, विसंगति, कुशासन, भ्रष्टाचार, बेरोजगारी जस्ता विषयलाई मलजल गरेको आरोप उनीहरुको छ ।
यहाँ प्रश्न उठ्छ- के राजसंस्था फर्किए नेपालबाट बेरोजगारी र गरिबी हट्छ ? देशमा राजा आए सबै नेपालीले शिक्षा र स्वास्थ्य सुविधा पाउँछन् ? राजाले भ्रष्टाचार, कुशासन समाप्त पार्न सक्छन् ? सामाजिक विभेद अन्त्य हुन्छ ? किसानले बाँच्न पाउँछन् ?
प्रतिक्रिया