+
Search

ताजा अपडेट +

पपुलर +

रवि भैरहवा लागेपछि चितवनमा फितलो बन्यो जनयात्रा शुभारम्भ

4KNationalDaily
२०८१ चैत्र २३, शनिबार २३:५४ बजे

चितवन । चितवनको राप्ती नगरपालिका वडा नं. २ का चन्द्रबहादुर विश्वकर्मा हातमा घण्टी चिन्हको झण्डा लिएर भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) ले आजबाट थालेको जनयात्रा सभामा सहभागी हुन आए । आउँदा जुन उत्साहले उनी आएका थिए, सभा भएको गेष्ट हाउस चौरको न्यून सहभागिताले उनलाई खिन्न बनायो ।

कार्यक्रम नसकिँदै घर फर्किने तयारी गरेका चन्द्रबहादुरले अनलाइनखबरसँग कुराकानी गर्दै भने, ‘म त सभामा निकै मान्छे आउँछन् होला, राम्रो सहभागिता होला भनेर सोचेको थिएँ, यहाँ आउँदा त मान्छे निकै कम देखेँ, पहिल पहिला खचाखच हुन्थ्यो, अहिले त्यस्तो माहोल पाइनँ ।’

चन्द्रबहादुरले भनेको जस्तै रास्वपाले भरतपुरमा गरेको आजको सभामा निकै न्यून उपस्थिति थियो । जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेष्ट हाउस चौर रास्वपाले पटकपटक सभा गरिरहने ठाँउ हो । तर, आजको सहभागिता अहिलेसम्मकै सबैभन्दा कम देखिएको सो पार्टीका जिल्ला संयोजकसमेत रहेका कृष्णप्रसाद भुषालले जानकारी दिए ।

उनले पार्टी सभापति नै पक्राउ गरेकोले हुँदा पार्टी कार्यकर्तामा उत्साह नदेखेको बताए । ‘सभापति आउने भनेर जुन चर्चा र हल्ला भएको थियो, उहाँ पक्राउ परेपछि एकैपटक निरास बनियो, सभापतिले नै कार्यक्रम गर्नुस् नरोक्नुस् भनेकोले कार्यक्रम गरेको हो, सहभागिता पनि खासै देखिएन ।’

उनीहरूले मन नलागी-नलागी तयारी गरेको जस्तो देखिन्थ्यो । लामिछाने पक्राउ परेकोमा बढी आक्रोशित भएर सहभागीको संख्या उल्लेख्य हुने सुरक्षा निकायको पनि अनुमान थियो । तर, तयारी नै कमजोर भएकोले सुरक्षा व्यवस्थापनमा पनि खासै टाउको दुखाइको विषय भएन ।

गेष्ट हाउस चौरलाई तीन भाग लगाउँदा एक भाग सहभागीले ढाक्न पनि मुस्किल परेको थियो । जिल्ला संयोजक भुषाललाई आजको सभामा कति सहभागी भए त भन्ने प्रश्नमा उनले २ हजारको हाराहारीमा सहभागी आएको जानकारी दिए । ‘सभापतिज्यू आएको भए १० हजार हुने अनुमान थियो, तर उहाँ नभए पछि आउने जाँगर कसैले पनि देखाएनन्,’ भूषालले कार्यक्रम पछि भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily