+
Search

ताजा अपडेट +

पपुलर +

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

4KNationalDaily
२०८१ चैत्र २३, शनिबार ०९:२९ बजे

विराटनगर । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

आमबारीबाट उर्लाबारीतर्फ जाँदै  मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी  पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको हो ।

दुर्घटना लगतै स्थानीयले दुवै जनालाई  उपचारका लागि रंगेली अस्पताल पठाएका थिए । अस्पतालमा उनीहरुको मृत्यु भएको प्रहरीले हाे । उनीकाे शव  पाेष्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएकाे छ ।

रातको समयमा तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily