+
Search

ताजा अपडेट +

पपुलर +

चैत १५ घटना: राप्रपाले माग्यो गृह मन्त्री लेखकको राजीनामा

पालिका लाइभ
२०८१ चैत्र २१, बिहीबार १९:२१ बजे

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते काठमाडौं, तीनकुनेको प्रदर्शनमा दमन भएको भन्दै छानबिनको माग गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई एक ज्ञापन पत्र बुझाउँदै राप्रपाले गृह मन्त्री रमेश लेखकको पनि राजीनामा माग गरेको हो।

अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ नेता पशुपति शमशेर राणासहितले आज सिंहदरबारमा राजावादीहरूको प्रदर्शनमा भएको हिंसात्मक झडपका बारेमा छानबिन गर्नका लागि सर्वोच्च अदालतको न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोगको माग गरेको हो ।

‘सर्वोच्च अदालतको पुर्व न्यायाधीशकाे अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन’ र ‘छानबिनका लागि गृह मन्त्रीको राजीनामा, चैत १५ गते दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासकीय नेतृत्वको निलम्बन’ सहित ५ वटा माग राखेको हो ।

जसअनुसार मृतकहरू सबिन महर्जन र सुरेश रजकलाइ सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था, राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्य माथिको झुटा मुद्दा खारेजी र निर्दोषहरूको रिहाइ तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनु पर्ने राप्रपाको माग रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ