काठमाडौ– नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको कारोबार भाउ आज तेश्रोदिन पनि स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।
आज युरोपियन युरो एकको खरिद मूल्य १४७ रुपैयाँ २१ पैसा र बिक्री मूल्य १४७ रुपैयाँ ८५ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५७ पैसाले घटेको छ । यसअघि मंगलबार एक युरोको खरिद मूल्य १४७ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य १४८ रुपैयाँ २८ पैसा तोकिएको थियो ।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १७६ रुपैयाँ ६८ कायम गरिएको छ ।
यता, अस्ट्रेलियन डलर एकको खरिददर भने ८५ रुपैयाँ २४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९५ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रुपैयाँ १४ पैसा कायम हुँदा बिक्री दर भने ९ रुपैयाँ १८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा तथा बिक्री दर १८ रुपैयाँ ८५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ २६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३० पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिद मूल्य ३७ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य ३७ रुपैयाँ ६० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधवार ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा कायम गरेको छ।
कुवेत दिनार एकको खरिददर ४४२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ५१ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया