+
Search

ताजा अपडेट +

पपुलर +

आयल निगमले घटायो हवाइ इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य, अब कुनमा कति?

पालिका लाइभ
२०८१ चैत्र १८, सोमबार २१:१४ बजे

काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य समायोजन भएर आएकाले भाउ घटाइएको निगमले जनाएको छ।

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ भाउ घटाएको छ। यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले मूल्य घटाइएको छ।

अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ५१ ले घटाइएको निगमले जनाएको छ।

समायोजित मूल्य अनुसार डिजेल र मट्टितेल अब पहिलो वर्गमा १४६ रुपैयाँ ५० पैसा, दोस्रोमा १४८ र तेस्रो वर्गमा १४९ रुपैयाँमा कारोबार हुनेछ।

हेर्नुहोस् मूल्य सूची :

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ