काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्धता गराउन उत्तिकै रेडियो नेपालको भूमिका अहम् हुने बताएका छन्।
काठमाडौंमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५औँ वार्षिकोत्सव (हीरक महोत्सव) कार्यक्रममा मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको रहेको बताए।
यस्ता आचरणलाई हटाएर जनतालाई गणतन्त्रको महत्त्व दर्साउने र जनतामाझ सत्यतत्थ्य सूचना दिन रेडियो नेपाललगायत सार्वजनिक सेवा प्रसारण संस्थानहरूको विशेष भूमिका हुने उनले उल्लेख गरे।
पूर्वराजा ज्ञानेन्द्रले पार्टीहरूको अगाडि थाकेर जनतालाई सार्वभौम सत्ता सुम्पिएको इतिहास सम्झाउँदै अहिले फेरि हराइसकेको राजकीय सत्ता ल्याउन खोज्नु मूर्खतापूर्ण कार्य रहेको उनले प्रस्ट पारे।
प्रतिक्रिया