काठमाडाैं- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले राजीनामा बुझाएका हुन् ।
गत साल फागुन १० गते तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकाले बराललाई उपकुलपति नियुक्त गरेको थियो। तर, बरालको नियुक्ति र कार्यशैलीमाथि सत्तारुढ दल एमालेले प्रश्न उठाएको थियो ।
बरालले केही दिनअघि माओवादी केन्द्रका अध्यक्षप्रचण्डलाई आफूले राजीनामा दिने जानकारी गराएका थिए ।
प्रचण्डले यसबारे शनिवार नेपाल राष्ट्रिय प्राध्यापक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा बताए ।
उनी प्रोस्टेट समस्याबाट पीडित छन् । राजीनामा बुझाएर उनी पोखरा गएका जनाइएको छ ।
उपप्राध्यापकको रूपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए।
प्रतिक्रिया