+
Search

ताजा अपडेट +

पपुलर +

राजावादीको निशानामा परेको एउटा उद्योग

यस्तो छ राजावादीको निशानामा परेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र

पालिका लाइभ
२०८१ चैत्र १६, शनिबार १८:२१ बजे

काठमाडौं– पूर्वराजाका समर्थकहरूले शुक्रवार गरेको प्रदर्शनमा काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ ।

चैत्र १५ गते शुक्रवार भएको प्रदर्शन र तोडफोडमा जडीबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङमा राखिएको चारवटा गाडी र दुईवटा दुईपांग्रे सवारी साधन पनि जलेर नष्ट भएको थियो ।

तीनकुने क्षेत्रबाट तितरबितर भएका राजावादीहरूले त्यस वरपरका क्षेत्रमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट तथा आगजनी गरेका थिए । त्यसै क्रममा जडीबुटी कम्पनी पनि निशानामा परेको थियो ।

आगो लगाइएका कारण इतिहास बोकेको भवनको अधिकांश भागमा क्षति पुगेको छ । कारखानाका सामानहरू जलेका छन् । काठमाडौं उपत्यकाका ६ वटा दमकल चार घण्टासम्म खटिएर आगो नियन्त्रणमा ल्याएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रवारको आगजनीबाट कुल १५ वटा सवारी साधनमा क्षति पुगेको छ जसमा सरकारी सवारी साधन नौ वटा र सरकारी, निजी नखुलेको सवारी साधन ६ वटा रहेका छन् ।

प्रदर्शनमा १४ स्थानमा आगजनी हुनुका साथै नौ वटा संस्था एवं कार्यालय तोडफोड र कोटेश्वरको भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाट भएको प्रहरीले गरेको अध्ययनले देखाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ