+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले खोस्यो पूर्वराजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी, २५ बाट १५ कायम

पालिका लाइभ
२०८१ चैत्र १६, शनिबार १७:४४ बजे

काठमाडौं– सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा परिचालन भएको सुरक्षाकर्मीको सङ्ख्या कटौती गरेको छ ।

सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिएको सबै सुविधा कटौती गर्ने तयारी गरिरहेको बेलामा पूर्वराजा शाहको सुरक्षाकर्मीको सङ्ख्या घटाएको हो ।

डिएपीको कमान्डमा रहेका सशस्त्र प्रहरीको २५ जनामध्ये १० जना फिर्ता बोलाएर १५ जना कायम गरिएको छ ।

नारायणहिटी राजदरबारबाट हटेपछि पूर्व राजपरिवारलाई सरकारले आवाससहितको सुरक्षाकर्मीको सुविधा उपलब्ध गराएको छ ।

सरकारले पूर्व राजपरिवारका सबै सदस्यहरूको सुरक्षाको लागि सशस्त्र प्रहरीको १५५ जना सुरक्षाकर्मी खटाएको थियो । यसमध्ये पूर्वराजा शाहको सुरक्षाको लागि २५ जनाको छुट्टै टोली परिचालन गरिएको थियो ।

स्रोतका अनुसार परिवारका सदस्यहरूको लागि खटाइएको सुरक्षा टोली पनि फिर्ता बोलाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ