काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते पूर्वराजावादी समर्थकहरूबाट आगजनी भएका भवनहरूको अनुगमन गरेका छन् ।
शनिवार उनले उक्त भवनहरूको स्थलगत अनुगमन गरेका हुन् ।
उनले यो कुनै राजनीतिक दर्शनभन्दा पनि आपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए ।
सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।
उनले भने, ‘तपाईहरुलाई दुःख र पीडा भयो यो एकदमै आपराधिक काम हो । यो कुनै राजनीतिक कुरा होइन, राजनीतिक दर्शन, चेतनाको कुरा होइन, नितान्त आपराधिक काम हो । यसको लागि सरकारले आवश्यक कारबाही गर्छ र सञ्चार गृह लगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौ ।’
यस्तै, उनले सञ्चार एउटा महत्त्वपूर्ण अंग भएको हुँदा यसलाई ध्वस्त गर्ने कोसिस लोकतन्त्र कै विरुद्धको गतिविधि भएको भन्दै यसलाई गम्भीरता पूर्वक लिने बताए ।
प्रतिक्रिया