पोखरा– पोखरा महानगरपालिका मेयर धनराज आचार्यले हरेक ठाउँमा दादागिरी हुने गरेको बताएका छन् ।
पोखरामा शुक्रवार आयोजित ‘मिडिया, कर्पोरेट क्षेत्रहरू र प्रेस काउन्सिल नेपालको भूमिका साथै पत्रकार आचारसंहिता’ विषयमा भएको छलफलमा बोल्दै उनले सबै कर्पोरेट संस्कारभित्र बस्न नसकेको बन्दै हरेक क्षेत्रमा दादागिरी रहेकाे बताए।
‘कर्पोरेट संस्कारभित्र हामी सबै बस्यो भने मिडिया पनि आफ्नो बाटो हिँड्छ होला । यो दादागिरी भन्ने शब्द हरेक ठाउँमा छ । केही न केही ढङगले कर्मचारी, राजनीतिक नेताहरूले दादागिरी देखाउने अनि भाष्य चैँ यो क्षेत्र गलत नै हो भन्ने छ ।’
प्रतिक्रिया