+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन स्टुवार्ट नियुक्त

पालिका लाइभ
२०८१ चैत्र १६, शनिबार ११:३२ बजे

काठमाडौं- स्टुअर्ट ल नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि अष्ट्रेलियन प्रशिक्षक ल लाई प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो । त्यसबाट ल लाई नियुक्त गरेको हो ।

शुक्रबार भैरहवामा बसेको क्यानको कार्यमिति बैठकले ल लाई मुख्य प्रशिक्षक नियुक्त गरेको क्यानले विज्ञप्तीमार्फत जनाएको छ । उनको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ ।

५६ वर्षीय ल अनुभवी प्रशिक्षक हुन् । उनले श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा त्यसको सदस्य थिए ।

ल ले अष्ट्रेलियाका लागि ५४ ओडिआई म्याच खेलेका छन् । यस्तै उनले एक टेष्ट म्याच समेत खेलेका थिए । फस्ट क्लास मा ल ले २७ हजार भन्दा बढी रन बनाएका छन् ।

यस्तै क्यानले सन् २०२५ मेमा हुने विश्वकपको एसियन छनोट प्रतियोगितासम्मको लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कन्सलट्यान्ट कोचमा भारतीय प्रशिक्षक मनिष झालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ