+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंकद्वारा २०८२ सालको कर्पोरेट क्यालेन्डर अनावरण

4KNationalDaily
२०८१ चैत्र १५, शुक्रबार १०:४८ बजे

काठमाडौं- एभरेष्ट बैंकले एक विशेष समारोहकाबीच नयाँ वर्ष विस २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ।

नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा धेरै पहिलेदेखि खेलिने ‘परम्परागत खेलकुद’ विषयवस्तु राखेर तयार पारिएको २०८२ सालको क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले अनावरण गरेका हुन्।

सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो। बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्त्विक महत्वको विषयवस्तुहरूलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily