काठमाडौं– राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका छन् ।
भाटभटेनी व्यवस्थापनका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए ।
भाटभटेनी व्यवस्थापनले लगत्तै प्रहरीलाई फोन दिउँसो ३ः२८ बजे फोन गरेर सहयोग मागे पनि प्रहरी भने ३४ मिनेटपछि मात्र आएपछि स्थिति नियन्त्रणमा आएको थियो ।
राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएको समूहले भाटभेटनी सुपर स्टोरका सुरक्षागार्डलाई हातपात गर्दै भित्र छिरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो ।
प्रदर्शनककारीहरूले भाटभटेनी सुपर स्टोरको भवनका सिसा फुटाएका छन् ।
प्रतिक्रिया