+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबि बैंकद्वारा ग्लोबल मनि विक २०२५ मा वित्तीय साक्षरता कार्यक्रम

4KNationalDaily
२०८१ चैत्र १३, बुधबार २१:४७ बजे

काठमाडाैं– एनएमबि बैंकले ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ । ग्लोबल मनी वीक २०२५ को नारा सहित, बैंकले विभिन्न छेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ ।

बैंकले आफ्नो सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरू सञ्चालन गरेको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३,००० जना भन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily