काठमाडौं- नबिल बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन्।
यसअघिका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएपछि यसअघि बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कायममुकायम सीईओ बनाइएको हो।
बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानाले दिएको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कामु सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो । ज्ञवाली हाल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) रहेका थिए ।
२०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएपछि उनी नबिल बैंकमा जोडिएका थिए । त्यसबेला ज्ञवाली नबिल बैंकको नायब महाप्रबन्धकमा नियुक्त भएका थिए ।
प्रतिक्रिया