काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो।
आज नेप्से सूचक ५५.९० अंकले घटेर २ हजार ५८४.८८ विन्दुमा रोकिएको छ भने कारोबार रकम भने केही बढेको छ।
आज कूल १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुन सकेको छ।
नेप्से अनुसार आज जम्मा ४ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने २४० वटा कम्पनीको मूल्य घटेको छ।
यस दिन सबै सेक्टर घटे । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशत घटे ।
यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । एनसीसीडी ८६, केबीएलडी ८९को मूल्य ४ प्रतिशतभन्दा धेरै बढ्यो ।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.७ प्रतिशत घट्यो । सपोर्ट माइक्रोफाइनान्सको ७.३, इस्टर्न हाइड्रोको ७.१, सिन्धु विकास बैंकको ६.७ तथा विन नेपाल लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो
प्रतिक्रिया