+
Search

ताजा अपडेट +

पपुलर +

कुलमानलाई हटाए पछि काठमाडौंमा सरकारको विरोधमा दिनभर प्रदर्शन

पालिका लाइभ
२०८१ चैत्र १२, मंगलवार १४:१५ बजे

काठमाडौं– नेपाल बिद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टि जनाउँदै काठमाडौंमा बिहानै देखी सुरु भएको प्रदर्शन जारी रहेको छ ।

नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

र, माओवादी केन्द्रका जनबर्गीय संगठनहरूले पनि घिसिङलाई हटाएकोमा विरोध गरिरहेका छन् । सो क्रममा उर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरिएको छ ।

हिजो बसेको मन्त्री परिषद् बैठकले घिसिङलाई पदमुक्त गरेर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो, जसको अहिले सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, शेखर कोइरालालगायतले विरोध गरिसकेका छन् ।

प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलगायतले पनि घिसिङलाई हटाएकोमा आपत्ति जनाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ