+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय सारक्षता कार्यक्रमबाट १० हजार बढी भए लाभान्वित

पालिका लाइभ
२०८१ चैत्र १२, मंगलवार १२:४३ बजे

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल मनिविकको अवसरमा देशव्यापी रुपमा संचालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार भन्दा बढी व्यक्ति लाभान्वित भएका छन्।

बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३९२ जना लाभान्वित भएको जनाइको छ। ग्लोबल मनिविक २०२५ लाई सफल बनाउने उद्धेश्यले बैंकले सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको थियो।

बैंकले विभिन्न विद्यालय र कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम संचालन गरेको थियो।

अभियान अन्तर्गत बैंकसँग कारोबार गर्दा हुने फाइदाहरु, डिजिटल बैंकिङ, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको थियो।

बैंकका शाखा कार्यालयहरुमा विद्यार्थीहरुलाई भ्रमण गराई सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट वित्तीय संचेतना बारे ज्ञान समेत प्रदान गरिएको थियो।

यसका साथै सामाजिक संजालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ