काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
आज अमेरिकी डलरको भाउ ५४ पैसाले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि सोमबार यसको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा थियो ।
आज युरोपियन युरो एकको खरिद मूल्य १४८ रुपैयाँ २८ पैसा र बिक्री मूल्य १४८ रुपैयाँ ९३ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा युरोभाउ १७ पैसाले घटेको छ । सोमबार यसको खरिद मूल्य १४८ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य १४९ रुपैयाँ १० पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ कायम गरिएको छ ।
यता, अस्ट्रेलियन डलर एकको खरिददर भने ८६ रुपैयाँ ११ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रुपैयाँ १३ पैसा कायम हुँदा बिक्री दर भने ९ रुपैयाँ १७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा तथा बिक्री दर १८ रुपैयाँ ९३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ २३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिद मूल्य ३७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ३७ रुपैयाँ ६७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा कायम गरेको छ ।
साथै, कुवेत दिनार एकको खरिददर ४४३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया