+
Search

ताजा अपडेट +

पपुलर +

बुद्ध एअरको सिष्टम ह्याक, टिकटको पैसा गायब

पालिका लाइभ
२०८१ चैत्र ११, सोमबार २०:२७ बजे

काठमाडाैं– बुद्ध एयरको सिष्टम ह्याक गरेर टिकट बिक्रीको खुलासा भएको छ । उक्त आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

मोरङको रंगेली घर भई हाल काठमाडौंको तारकेश्वर–९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखाको अजिरकोट घर भई हाल तारकेश्वर–४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूले बुद्ध एयरको सिष्टम ह्याक गरेर पछिल्लो दुई सातादेखि टिकट बिक्री गर्दै आएका थिए ।

ती दुवैले एक जना भारतीयको सहयोगमा सिष्टम ह्याक गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

टिकट बिक्रीको रकम कम्पनीले नपाएपछि उक्त रहस्य खुलेको बताइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ