+
Search

ताजा अपडेट +

पपुलर +

कवाड व्यवसायीहरूले काठमाडौं महानगर घेर्ने

पालिका लाइभ
२०८१ चैत्र ११, सोमबार १९:३६ बजे

काठमाडौं– कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथिको ज्यादती तत्काल नरोकिए थप संघर्षका कदमहरू अगाडि बढाउने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै कवाड व्यवसायी समाजले महानगरले गरिरहेको ज्यादती तत्काल रोकेर सहज ढंगले व्यवसाय गर्ने वातावरण निर्माण गरिदिन आग्रह गर्दै नरोकिए थप संघर्षका कदमहरू अगाडि बढाउने चेतावनी दिएका हुन् ।

महानगरले कवाड व्यवसायीहरूको व्यवसाय स्थलमा डोजर चलाएर आतङ्क मच्चाएको, तोडफोड गरेको, साइकल र समान जफत गरेको उनीहरूको आरोप छ । उनीहरूले आफूहरूको जिउ, धनको रक्षाका लागि सरोकारवालाहरूको पनि ध्यानाकर्षण गराएका छन् ।

कवाड व्यवसायी समाजले व्यवसायीमाथि भइरहेको ज्यादतीको विरुद्धमा भोलि बिहान ११ बजे महानगर घेर्ने पनि बताएका छन् ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका नेता ओमप्रकाश सिंह, जोगेन्द्र साह, मनोहर जैसवाल, सुरेश साह, सरोज श्रेष्ठ, गोपाल जैसवाल, उपेन्द्र साह, रविशंकर जैसवाल, कृष्ण यादव, श्याम यादव, आर्या पाण्डेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ