+
Search

ताजा अपडेट +

पपुलर +

पर्यटन मन्त्रालय बृहत छ, स्रोत साधनको हिसाबले खुम्चिएको छ : पर्यटनमन्त्री पाण्डे

पालिका लाइभ
२०८१ चैत्र ११, सोमबार १९:२९ बजे

काठमाडौं– अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगतिबारे छलफल गरिएको छ ।

सोमबार बसेको पर्यटन समितिको बैठकले मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल गरेको हो ।

उक्त समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र विषयगत हिसाबले निकै वृहत् रहेको बताए ।

उनले विषयगत हिसाबले निकै वृहत् भए पनि स्रोत साधनको हिसाबले निकै खुम्चिएको बताए ।

उनले भने, ‘विशेष गरी यो तीनवटा क्षेत्र विषयगत हिसाबले निकै वृहत् छ संस्कृतिको क्षेत्र, पर्यटनको क्षेत्र र नागरिक उड्डयनको क्षेत्र । तर स्रोत साधनको हिसाबले निकै खुम्चिएको देखिन्छ । अहिले हजारौँ हजारौँ निवेदनहरू मन्त्रालयमा, सचिवालयमा दर्ता भएका छन् । तर त्यसका निम्ति मन्त्रालयसँग सामर्थ्य छैन । आवश्यकता सबैतिर होला, मन्दिर, गुम्बा मस्जिद लगायतका क्षेत्रको विकासको कुराहरू देखिन्छन् । एयरपोर्टहरू छन् तर पुगिरहेको अवस्था छैन । भएका ठाउँमा गुणस्तर सुद्धाउनुपर्ने अवस्था छ । टर्मिनल बनाउनुपर्नेलगायत विविध कामहरू गर्नुपर्ने देखिन्छ । यसो हुँदा पनि बजेटको अवस्था सामान्य छ ।’

यसैगरी मन्त्री पाण्डेले सुधारका पक्षहरू थुप्रै भए पनि मन्त्रालयमा बजेट कम रहेको बताए । उनले जुनजुन निकायले आफैँ बजेट बनाउँछन् ती निकायसँग एक दिन समितिले छलफल गर्नुपर्ने समेत बताए ।

उनले भने, ‘जुनजुन निकायले आफैँ बजेट बनाउँछन् ती निकायसँग एक दिन समितिले छलफल गर्दा सकारात्मक हुने विश्वास लिएको छु । नागरिक उड्डयनको क्षेत्रमा नेपाल एयरलाइन्सलाई सुचारु बनाउने सन्दर्भमा पनि गहन छलफलमै छौँ । प्लेन नथपीकन कुनै उपाय नै छैन । १० वटा देशभित्रै चल्ने प्लेन र १० वटा वाइडबडि र १० वटा न्यारोबडी भइदिएको भए मात्रै अहिले जति पनि ठाउँमा आवश्यकता छ त्यो पूरा हुने थियो भन्ने छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ