काठमाडौं– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि नीतिका सम्बन्धमा छलफल गरेको छ ।
सोमबार बसेको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्वहरूसँग छलफल गरेको हो ।
उक्त बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि नीति अगाडि बढाउनका लागि मन्त्रालय गम्भीर रहेको बताए। उनले किसान वर्षभरि माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन त्यसैले हामी यो विषयमा सोच्नुपर्ने बताए ।
उनले भने, ‘कृषि नीति अगाडि बढाउनका लागि के गर्नुपर्ला त्यसका लागि ठोस नीति सुझावको रूपमा लान मन्त्रालय गम्भीर छ । जमिन छैन, मल बिउ छैन, तर गरिबीमा बाचेको छ । वर्षभरि माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैनन् । त्यसैले यस विषयमा सोचौँ । मध्यम खालको जसले वर्षभरि खेती गर्छ, ऊ बाच्न सक्छ । त्यसका विषयमा पनि सोचौँ । र तेस्रो कुरा व्यावसायिक किसानहरूको फेरी फेरीमा रहेर नीति बनाउन सक्यौँ भने दौडिएर जता जान खोजेको हो त्यहाँ नपुगौँला, तर यसलाई कार्यान्वयन चरणमा व्यवस्थापन गर्न सक्छौँ । नेपालले यति कल्पना गरे पुग्छ अहिलेको लागि ।’
साथै उनले आयातको भरले बाँच्न नसकिने बताए ।
उनले सिंगो नेपाली बाँच्नको लागि आयातले मात्रै नहुने बताए ।
प्रतिक्रिया