+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरपालिको कार्यपालिका बैठक बोलाउन वडाध्यक्षहरूको माग

पालिका लाइभ
२०८१ चैत्र ११, सोमबार ०९:२६ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको मागसहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् ।

आइतबार महानगरका मेयर बालेन शाहलाई महानगरका १८ जना वडाध्यक्षसहित कांग्रेसबाट कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई गरिएको कारबाहीको प्रक्रियाको माग गर्दै वडा–१७ का वडाध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरले ज्ञापन पत्र बुझाएका हुन् ।

‘आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई गरिएको कारबाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेका छौ,’ वडा नं ८ का वडाध्यक्ष आशामान संगतले बताए ।

वडा नम्बर १२ का वडाध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेको र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको माग सार्वजनिक गर्न हस्ताक्षरसहित पठाइएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ