+
Search

ताजा अपडेट +

पपुलर +

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ

पालिका लाइभ
२०८१ चैत्र ८, शुक्रबार १२:०६ बजे

काठमाडौं– डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

पोखरामा सम्पन्न एशोसियसनको १९औँ वार्षिक साधारण सभाले श्रेष्ठलाई सर्वसम्मतबाट दाेहाेर्याएकाे हो । यसैगरी उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् ।

यस्तै, सदस्यहरूमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, साइन रेसुङ्गाका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकका दीपेश लम्साल, ग्रिन डेपलपमेन्ट बैंकका हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ