+
Search

ताजा अपडेट +

पपुलर +

गाउँपालिका अध्यक्षसहित ३ जना फरार

पालिका लाइभ
२०८१ चैत्र ८, शुक्रबार ०९:४३ बजे

सिरहा– औरही गाउँपालिका-५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्षसहित तीनै जना फरार भएका छन् ।

अध्यक्ष शिवजी यादव, आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव फरार भएका हुन् ।

घटना सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र प्रहरी प्रमुख रमेश पण्डित बिहीबार दिउँसो घटनास्थल र गाउँपालिका कार्यालयमा गएका थिए । तर, उनीहरू नभेटिएको र सम्पर्कविहीन बनेको पण्डितले बताए ।

उनीहरू तीनै जनालाई सम्पर्कमा ल्याइदिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई आग्रह गरिएको पण्डितले बताएका छन् । ‘हामी घटनाबारे जानकारी लिन गएका थियौँ,’ उनले भने, ‘तर, उनीहरू सबै भागेका रहेछन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ