+
Search

ताजा अपडेट +

पपुलर +

पोखराका फाइल फर्छ्यौट शाखाका कपिल गिरी घुससहित पक्राउ

पालिका लाइभ
२०८१ चैत्र ७, बिहीबार १८:३२ बजे

पोखरा– पोखरा महानगरपालिकाका फाइल फर्छ्यौट शाखामा कार्यरत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले बिहीबार २५ हजार घुससहित महानगरको गेटबाट पक्राउ गरेको हो ।

अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए ।

गिरी अहिले अख्तियारको नियन्त्रणमा रहेको पाण्डेले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ