काठमाडौं– यस वर्षको एसइई परीक्षा आजबाट सुरु हुदैँछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ बाट सुरु भएर ११ बजे सकिनेछ ।
यस वर्षको परीक्षामा पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने भएका छन् भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसइई दिदैँछन ।
एसइई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुदैँछ ।
दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ भने सोही गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रतिक्रिया