+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी डलरको भाउ बढ्दा युरोको भाउ घट्यो

पालिका लाइभ
२०८१ चैत्र ७, बिहीबार ०७:५९ बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

आज अमेरिकी डलरको भाउ २० पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ । यसअघि बुधवार यसको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा कायम गरिएको थियो ।

आज युरोपियन युरो एकको खरिद मूल्य १५० रुपैयाँ ४४ पैसा र बिक्री मूल्य १५१ रुपैयाँ १० पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरोको भाउ ६८ पैसाले घटेको छ । बुधवार यसको खरिद मूल्य १५१ रुपैयाँ १२ पैसा र बिक्री मूल्य १५१ रुपैयाँ ७८ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७७ कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर भने ८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रुपैयाँ २१ पैसा कायम हुँदा बिक्री दर भने ९ रुपैयाँ २५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा तथा बिक्री दर १९ रुपैयाँ १७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ४६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५० पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, आज कतारी रियाल एकको खरिद मूल्य ३७ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ३८ रुपैयाँ ०३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहीबार ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा कायम गरेको छ ।

साथै, कुवेत दीनार एकको खरिददर ४४८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९९ पैसा र बहराइन दीनार एकको खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ