काठमाडौं– एनएमबि बैंकले ‘ग्रीन सेभिङ्स डिपोजिट’ (हरित बचत खाता) नामक बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्दछ ।
यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनामा मात्र प्रयोग गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार सो खाताबाट ग्राहकले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् ।
यस खाता योजनामा लगानी गर्दा ग्राहकहरूले आफ्नो आर्थिक वृद्धिका साथै पर्यावरणीय दायित्वलाई पनि महत्त्व दिन सक्नेछन्। यस योजनाले ‘ग्रीन फाइनान्स’लाई प्रोत्साहित गर्दै व्यवसाय र समुदायको बीचमा सहकार्यको भावना बलियो पार्ने काम गर्ने बैंकले विश्वास लिएको छ ।
एनएमबि बैंकले देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया